arrow

भारतले गरेको सुरक्षा सम्मेलनपछि तालिबानले दियो यस्तो प्रतिक्रिया

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २५ बिहिबार
us taliban talk.jpeg

काठमाडौँ । अफगानिस्तानको विषयमा भारतमा बुधवार भएको राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) स्तरीय सम्मेलनको विषयमा तालिबानी अधिकारीहरूले बोलेका छन् ।

भारतमा अफगानिस्तानबारे भइरहेको क्षेत्रीय बैठकलाई लिएर 'इस्लामिक इमिरेट्स आशावादी रहेको' इस्लामिक इमिरेट्सका प्रवक्ता जबिहुल्लाह मुजाहिदले बताएका हुन् ।

काबुलमा प्रेस कन्फरेन्सका क्रममा बोल्दै बुधवार प्रवक्ता जबिहुल्लाह मुजाहिदले क्षेत्रीय बैठकलाई लिएर आफूहरू आसावादी रहेको बताएका हुन् ।

राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालको अध्यक्षतामा चलेको सम्मेलनमा रुस, इरान, ताजिकिस्तान, उज्बेकिस्तान, तुर्कमेनिस्तान, काजकिस्तान र किर्गिस्तानका उच्च सुरक्षा अधिकारीहरूको सहभागिता रहेको थियो ।

सम्मेलनमा बोल्दै राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालले अफगानिस्तानमा विकसित घटनाक्रमले छिमेकी मुलुकहरूलाई समेत असर पार्ने बताएका थिए । उनले सो सम्वादको आयोजना गर्न पाउनु भारतका लागि सौभाग्यको कुरा रहेको बताउँदै भारतले अफगानिस्तानको घटनाक्रमलाई गहिरिएर हेरिरहेको बताएका थिए। 

यसबाहेक उनले यो सम्मेलन अफगानी जनताका लागि फलदायी हुने विश्वास व्यक्त गरेका थिए । उनले भनेका थिए, 'यो हामी बिचको घनिष्ठ परामर्श, क्षेत्रीय देशहरू बिच बृहत्तर सहयोग र अन्तरक्रिया र सहयोगको समय हो। म विश्वस्त छु कि हाम्रो विचार-विमर्श अफगानिस्तानका जनतालाई मद्दत गर्न र सामूहिक सुरक्षा बढाउन फलदायी र उपयोगी हुनेछ ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ