arrow

विप्लव समूहले घोषणा गर्यो मसाल जुलुस, चक्का जामदेखि नेपाल बन्दसम्मको कार्यक्रम

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २५ बिहिबार
chand-biplab.JPG

काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले सरकार विरुद्ध प्रदर्शन गर्ने भएको छ । 

सरकारले पेट्रोलिय पदार्थमा गरेको मूल्यवृद्धिको विरोधमा प्रदर्शन गर्ने भएको हो । नेकपाले बिहीबार विज्ञप्ति निकाल्दै कार्तिक २५ देखि ३० गतेसम्मका विरोधका कार्यक्रम सार्वजनिक गरेको हो ।

नेकपाले देशभर विरोध प्रदर्शन, मसाल जुलुस, चक्का जामदेखि नेपाल बन्द गर्नेसम्मको विरोधका कार्यक्रम सार्वजनिक गरेको हो। कार्तिक ३० गते भने नेपाल बन्दको घोषणा गरेको छ ।

२५ गते दिउँसो देशव्यापी विरोध प्रदर्शन, २६ गते प्रचारप्रसार तथा मसाल जुलुस, २७ गते देशभर एक घण्टा विरोध प्रदर्शन, २८ गते चक्का जाम, २९ गते सिठ्ठी र मसाल जुलुस गर्दै ३० गते नेपाल बन्दको घोषणा गरिएको विज्ञप्तिमा उल्लेख छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ