arrow

साढे १२ हजार नमुना परीक्षण गर्दा ३१७ जनामा संक्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २५ बिहिबार
corona-covid-delta-plus.jpg

काठमाडौँ। पछिल्लो २४ घण्टामा ३ सय १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै हालसम्म नेपालमा ८ लाख १६ हजार ६० जनामा पीसीआर र ९४ हजार ९ सय ९५ जनामा एन्टीजेन विधिबाट कोभिड१९को संक्रमण पुष्टि भएको छ।

यसै समयावधिमा २ सय ७९ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म संक्रमणमुक्त हुनेको सङ्ख्या ७ लाख ९७ हजार ५९ जना पुगेको छ।

पछिल्लो २४ घण्टामा ६ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या  ११ हजार ४ सय ६६ पुगेको छ।

पछिल्लो २४ घण्टामा १२ हजार ६ सय ५३ जनाको नमुना परीक्षण गरिएको छ। हाल सक्रिय संक्रमितको सङ्ख्या ७ हजार ५ सय ३५ रहेको छ।



नयाँ