- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप छ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४९६ पुगेको छ । अहिले यस रोगबाट हुने मृत्युदर १.४ प्रतिशत छ ।
देशभर पछिल्लो २४ घण्टामा थप ३१७ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो समय १२ हजार ६५३ को परीक्षण गर्दा उक्त सङ्ख्यामा संक्रमण पुष्टि भएको हो ।
यससँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस संक्रमितको सङ्ख्या आठ लाख १६ हजार ६० पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ९४ हजार ९९५ छ । बिहिवार २७९ जना निको भएका छन् । यससँगै निको हुनेको सङ्ख्या सात लाख ९७ हजार ५९ पुगेको छ । निको हुने दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी पछिल्लो समय चार हजार ५१६ ले खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ ।
हाल सक्रिय संक्रमितको सङ्ख्या सात हजार ५३५ रहेको छ । होम आइसोलेसनमा सात हजार १०, संस्थागत आइसोलेसनमा ५२५, आइसीयुमा १८८ र भेन्टिलेटरमा ५४ जनाले उपचार गराइरहेका छन् ।