arrow

आईएमई लाइफ इन्श्योरेन्सको शाखा पुनर्वास नगरपालिकामा बिस्तार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २५ बिहिबार
ime-life-insurence-kanchanpur.jpg

पुनर्वास। आईएमई लाइफ इन्श्योरेन्स कम्पनी लिमिटेडले शाखा बिस्तार गर्ने क्रममा,  हालै पुनर्वास नगरपालिकामा आफ्नो शाखाको औपचारिक उद्घाटन गरेको छ। कम्पनीका क्षेत्रीय प्रबन्धक सुमन तिमिल्सिनाको सभापतित्वमा तथा पुनर्वास नगरपालिकाका मेयर जीवनराज थापाको प्रमुख आतिथ्य रहेको उक्त समारोहमा मेयर थापाले बिमा सम्बन्धी जागरण अभियानमा आईएमई लाइफ इन्श्योरेन्स कम्पनीलाई सदैव सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका थिए।

त्यस्तै उद्घाटनका क्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँले कम्पनीका भावी योजना, आधुनिक प्रविधिद्वारा प्रदान गरिने सुविधाका सम्बन्धमा र सुदूरपश्चिमका जनमानसमा जीवन बिमाको पहुँच तथा जागरुकताकोलागि सो शाखा बिस्तार कोसेढुंगा रहने बिचार व्यक्त गरे।

सोही क्रममा कम्पनीका बिजनेस हेड कर्मराज पौडेलले आईएमई लाइफ इन्श्योरेन्स कम्पनीमा बिमा अभिकर्ता भई काम गर्दा स्थानीय समुदायको समृद्धिमा टेवा पुग्ने बताए।

उक्त शाखाबाट सुदूरपश्चिम खास गरी पुनर्वास नगरपालिकाका बासिन्दाहरूलाई सहज रूपमा आईएमई लाइफ इन्श्योरेन्सले प्रदान गरिरहेको जीवन बिमा सम्बन्धी विभिन्न सेवाहरू अझै सुदृढ र सक्षम हुने कुरामा कम्पनी विश्वस्त रहेको कुरा कम्पनीका सुदूरपश्चिमका क्षेत्रीय प्रबन्धक सुमन तिमिल्सिनाले बताए।

चाँडै नै आइपिओ मार्फत सर्वसाधारणलाई शेयर बिक्री गर्न लागेको आईएमई लाइफ इन्श्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँले सर्वसाधारण जनसमुदायमा जीवन बिमाको सुलभताको लागि अझै थुप्रै शाखाहरू आफ्नो योजनाको प्राथमिकतामा रहेको जानकारी दिए।

हाल कम्पनीका देशभर १३४ वटा शाखा तथा उप—शाखा सञ्चालनमा छन्। कम्पनीमा हाल २,०७,४३४  बिमित छन् भने २३,४१४ अभिकर्ता कार्यरत छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ