arrow

कांग्रेसभित्रै समन्वय समितिको विरोध : गठवन्धनले बनाएको समिति कम्युनिष्टको पोलिटव्यूरो जस्तो 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २६ शुक्रबार
ser-bad.deuba-janagadana.png
फाइल तस्बिर

काठमाडौँ। पाँच दलीय सत्ता गठबन्धनले बनाएको समन्वय समितिको प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस भित्रै विरोध भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बसेको काँग्रेसका संस्थापन समूहका पदाधिकारीको आन्तरिक बैठकमा सत्ता गठबन्धनले बनाएको समन्वय समितिको विरोध भएको हो ।

काँग्रेस उपसभापति विमलेन्द्र निधि र सहमहामन्त्री डा. प्रकाशशरण महतले समन्वय समितिको आवश्यकता नै नभएको भन्दै विरोध जनाएका हुन् । निधिले समन्वय समिति कम्युनिष्ट पार्टीको पोलिटव्यूरो जस्तो भएको र काँग्रेसले त्यस्तो संयन्त्रलाई अघि सार्न नहुने बताएका थिए ।

सो क्रममा प्रधानमन्त्रीसमेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवाले समन्वय समिति राष्ट्रियसभा निर्वाचनमा गठबन्धन आबद्ध दलहरूबिच सहकार्य गर्नका लागि मात्रै बनाइएको जवाफ दिएका हुन् ।

‘पदाधिकारीबाट नै समन्वय समितिको आवश्यकता नै नभएको कुरा आयो, सो क्रममा सभापति जीले राष्ट्रियसभा निर्वाचनमा गठबन्धन आबद्ध दलहरू मिलेर जाने हिसाबले मात्रै समिति बनाइएको जवाफ दिनु भयो,’स्रोतले हाम्रा कुरासँग भन्यो ।

तर प्रधानमन्त्रीसमेत रहेका देउवाको जवाफमा काँग्रेस उपसभापति निधिले भने आपत्ति जनाउँदै सरकारका मन्त्रीहरू नै गठबन्धन आगामी सबै निर्वाचनका लागि भन्दै हिँडिरहेको भन्दै विरोध जनाएका थिए ।

निधिले वर्तमान संसद् कायम रहँदासम्म मात्रै गठबन्धन कायम राख्नु पर्ने नयाँ निर्वाचन हुने अवस्थामा काँग्रेस एक्लै चुनावमा जानु पर्ने धारणा राखेका थिए ।

सत्तारुढ गठबन्धनमा आबद्ध काँग्रेस, माओवादी केन्द्र, नेकपा एस, जसपा र राष्ट्रिय जनमोर्चा आबद्ध पाँच दलीय गठबन्धनको सोमबार बसेको बैठकले समन्वय समिति बनाएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ