- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी आन्दोलन र आफूलाई प्रतिक्रान्तिकारीले सिद्ध्याउन खोजेको बताएका छन् ।पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा अध्यक्ष प्रचण्डले भने “प्रतिक्रान्तिकारीले अहिले पनि हाम्रा आन्दोलनका उपलब्धि उल्ट्याउने अभियानमा लागेको र तारो माओवादी आन्दोलन भएको छ ।'
उनले माओवादी पङ्क्ति एक्ला एक्लै अगाडि जाँदा क्षतविक्षत हुने खतरा पनि औँल्याए । अध्यक्ष दाहालले पार्टी एकताका लागि पूर्वमाओवादी नेताहरूसँग निरन्तर छलफल भइरहेको पनि जानकारी दिए । उनले भने, “किरण (मोहन वैद्य)को अर्को पार्टी बन्यो, चल्ने कुरो भएन । विप्लव (नेत्रविक्रम चन्द) को बन्यो, तपाईँहरू नै भुक्तभोगी बनेर आउनुभएको छ । हुने कुरा थिएन । त्यो त्यति सजिलो कुरा थिएन ।”
ढिलो छिटो विप्लव पनि माओवादी केन्द्रमा आउने विश्वास अध्यक्ष दाहालको थियो । उनले अगाडि थपे, “छुट्टै बसेर भन्दा सँगै बसेर क्रान्ति सम्पन्न हुन्छ । अहिले कुरा पनि चलिरहेको पनि छ । एक्लै प्रयास गर्दा नियत जे भए पनि नियतिले क्षतविक्षत हुनेबाहेक अरू विकल्प छैन ।”