arrow

कोरोना अपडेट : ३९७ संक्रमित थपिए, ३८९ निको भए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २६ शुक्रबार
corona-variant.jpg

काठमाडौँ। पछिल्लो २४ घण्टामा ३ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै हालसम्म नेपालमा ८ लाख १६ हजार ४ सय १५ जनामा पीसीआर र ९५ हजार ३७ जनामा एन्टीजेन विधिबाट कोभिड१९को संक्रमण पुष्टि भएको छ।

यसै समयावधिमा ३ सय ८९ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म संक्रमणमुक्त हुनेको सङ्ख्या ७ लाख ९७ हजार ४ सय ४८ जना पुगेको छ।

पछिल्लो २४ घण्टामा ३ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या  ११ हजार ४ सय ६९ पुगेको छ।

पछिल्लो २४ घण्टामा ११ हजार ६६ जनाको नमुना परीक्षण गरिएको छ। हाल सक्रिय संक्रमितको सङ्ख्या ७ हजार ४ सय ९८ रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ