arrow

संक्रमणबाट थप तीन जनाको मृत्यु, मृत्युदर १.४ प्रतिशत

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २६ शुक्रबार
corona-variant.jpg

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा कोभिड-१९ को संक्रमणबाट थप तीन जनाले ज्यान गुमाएका छन् । शुक्रवार संक्रमणबाट मृत्यु भएका तीन जना सँगै  कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४६९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।   अहिले यस रोगबाट हुने मृत्युदर १.४ प्रतिशत छ । 

 साथै शुक्रवार थप ३९७ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो समय ११ हजार ६६ को परीक्षण गर्दा उक्त सङ्ख्यामा संक्रमण पुष्टि भएको हो । 

यससँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस संक्रमितको सङ्ख्या आठ लाख १६ हजार ४१५ पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ९५ हजार ३७ जना रहेको छ । शुक्रवार ३८९ जना निको भएका छन् । यससँगै निको हुनेको सङ्ख्या सात लाख ९७ हजार ४४८ पुगेको छ । निको हुने दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

त्यसैगरी पछिल्लो समय ९३ हजार ६९५ ले खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या सात हजार ४९८ रहेको छ । अहिले होम आइसोलेसनमा ६ हजार ९४५, संस्थागत आइसोलेसनमा ५५३, आइसियुमा १९० र भेन्टिलेटरमा ५७ जनाले उपचार गराइरहेका छन् ।
 



नयाँ