- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । बुढानीलकण्ठ तथा टोखा नगरपालिका भित्र रहेको विभिन्न स्वास्थ्य संस्थाका लागि ४० वटा अक्सिजन कन्सन्ट्रेटर नेपाल भित्रिएका छन् ।
नेपाल स्कुल अफ इन्टरप्रेरनसिपको पहलमा इन्टरनेसनल बुद्धिष्ट कन्फेरेडेशन मलेसिया र क्याेर विथ प्रेयरले झन्डै ४० लाख नेपाली रुपैयाँ बराबरका अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको हो ।
नेपाल स्कुल अफ इन्टरप्रेनरसिपका जनस्वास्थ्य तथा मूल्याङ्कन विज्ञ डा. प्रणय शमशेर राणाले उक्त सामग्री व्यवस्थापन एवं हस्तान्तरणको काम गरिरहेका छन् ।
कन्सन्ट्रेटरहरु आवश्यकताका आधारमा बुढानीलकण्ठ र टोखा नगरपालिका भित्रका स्वास्थ्य संस्थाहरूलाई हस्तान्तरण गरिने डा. राणाले बताए ।
यसमध्ये प्रदेश १ को पूर्वाञ्चल विश्वविद्यालयलाई समेत अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गर्ने अभियान रहेको डा. राणाले बताएका छन्।
जनस्वास्थ्य क्षेत्रमा काम गर्दै आइरहेका डा. राणाले कोरोना भाइरसको महामारी सुरु भएदेखि नै महामारी नियन्त्रणका लागि विभिन्न किसिमका कार्यहरू गर्दै आएका छन् ।
पछिल्लो समय कोभिड-१९ लक्षित स्वास्थ्य अभियानहरू एवं नियन्त्रणका लागि याेगदान दिइरहेका डा. राणाले स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार आवश्यक रहेको बताएका छन् ।