arrow

विषालु प्रदूषणले दिल्लीमा आंशिक लकडाउन, पूर्ण लकडाउनबारे तयारी, काठमाडौंं पनि खतरामै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २८ आइतबार
delhi-pollution.jpg
तस्वीर–फाइल ।

काठमाडौं । भारतको राजधानी दिल्लीमा विषालु प्रदूषणले तनाव दिएको छ । दिपावलीभन्दा दुई दिन अघिदेखि बढेको विषालु प्रदूषणका कारण दिल्लीको जनजीवन अस्तव्यस्त भएको छ । 

दिल्लीका विद्यालय एक साताका लागि बन्द्य गरिएका छन् भने निर्माणका काम चार दिनका लागि बन्द गरिएका छन् । दिल्ली विश्वमै लगातार पहिलो नम्बरमा बढी प्रदूषित शहर बनेसँगै राज्य सरकारले प्रदूषण काम गर्ने विभिन्न योजना ल्याएको हो । 

सुरक्षित रहनका लागि विद्यार्थीलाई घरमै बस्न भनिएको छ भने निर्माणबाट हुने प्रदूषण रोक्न चार दिनका लागि काम नगर्न भनिएको छ । 

गत साता एयर क्वालिटी इन्डेक्स (एक्यूआई) ५३३ सम्म पुगेको दिल्लीमा आइतबार बिहान १०ः२० मिनेटमा आइपुग्दा २२९ रहेको छ । अहिले दिल्ली विश्वको दोस्रो स्थानमा रहेको छ । पहिलो स्थानमा पाकिस्तानको लाहोर ३२३ एक्यूआई सहित रहेको छ । 

दिल्लीमा एक्यूआई सुधार भए पनि यो समग्रमा खराब वर्गमा पर्दछ । शनिबारमात्रै सर्वोच्च अदालतले प्रदूषणलाई लिएर केन्द्र सरकारलाई चेतावनी दिएको थियो । तत्काल इमरजेन्सी योजना तय गर्न पनि आदेश दिएको छ । 

उक्त आदेशसँगै दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आंशिक लकडाउन लगाएका छन् । 

कर्मचारीहरुलाई घरबाटै काम (वर्क फ्रम होम) को नीति अवलम्बन गर्न भनेको छ । केजरीवालले पूर्ण लकडाउन गर्न पर्ने हुन सक्ने पनि बताएका छन् । 

निजी गाडीलाई बन्द गर्ने बारे पनि राज्य सरकारले सोचिरहेको छ । 

काठमाडौं पनि खतरामा
नेपालको राजधानी काठमाडौं पनि खतरामा परेको छ । काठमाडौंको एक्यूआई पनि राम्रो छैन । अहिले १०ः२६ बजेको एक्यूआई १३४ रहेको छ । काठमाडौं २१ औं स्थानमा छ । गत चैतमा काठमाडौं केही दिनसम्म निरन्तर एक नम्बर प्रदूषित शहर रहेको थियो । 

नेपाल सरकारले भने प्रदूषण कम गर्न कुनै पनि कदम चालेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ