arrow

डिएलए कास्कीको अध्यक्षमा कपिलमणि दाहाल विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २८ आइतबार
KapilMani Dahal.jpg

पोखरा । प्रजातन्त्रवादी कानून व्यवसायीहरूको संस्था डेमोक्रेटिक लयर्स एशोसिएशन (डिएलए) कास्कीको अध्यक्षमा अधिवक्ता कपिलमणि दाहाल विजयी भएका छन् ।

शनिवार सम्पन्न मतदानमा प्रतिस्पर्धी शालिकराम भट्टराईलाई ४६ मत अन्तरले पराजित गर्दै  दाहाल विजयी भएका हुन् ।

कूल खसेको १७० मतमध्ये दाहालले १०७ र भट्टराई ६१ मत प्राप्त गरेका थिए । डिएलए कास्कीमा २०० भन्दा बढी सदस्य छन् । 

यसै गरी उपाध्यक्षमा कमलापति शर्मा पौडेल विजयी भए । उनले शिवराज वाग्लेलाई पराजित गरेका हुन् । पौडेलले ८६ र वाग्लेले ८० मत प्राप्त गरेका थिए । 

सचिवमा कृष्णकुमारी गुरुङ सचिवमा निर्वाचित भएकी छन् । सचिवमै प्रतिस्पर्धा गरेका यज्ञराज अधिकारी, गीता आचार्य र प्रकाश मिश्रलाई पराजित गर्दै गुरुङ विजयी भएकी हुन् । 

गुरुङले ६५ मत पाएर विजयी हुँदा अधिकारीले ४५, आचार्यले ४३ र मिश्रले आठ मत पाएर पराजित बने । डिएलएको कोषाध्यक्षमा सन्तोषमणि लामिछाने निर्वाचित भएका हुन् ।

यसै गरी सदस्यमा मिनाकुमारी रानाभाट, कृती पाण्डे, उत्तम केसी, एकनारायण गौतम, मातृकाराज घिमिरे, हरिप्रसाद अधिकारी, सूर्यप्रसाद तिमिल्सिना, विनोद पौडेल र प्रकाश शर्मा सर्वसम्मत चयन भएका छन्। 

निर्मल कुमार कार्की संयोजक, कृष्णप्रसाद तिमिल्सिना र दिलमाया भुजेल सदस्य रहेको निर्वाचन समितिले निर्वाचन सम्पन्न गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ