arrow

एमाले महाधिवेशन: वरिष्ठ उपाध्यक्ष पदमा हानथाप, ईश्वरलाई सुवासको ‘काउन्टर' 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २८ आइतबार
iswor-nembang.jpg

काठमाडौं । एमाले महाधिवेशनमा प्रतिनिधि छनौटको चरण नसकिदै ओली बाहेकका पदमा शीर्ष नेताहरुबीच हानथाप शुरु भएको छ । एमालेमा पहिलो पटक व्यवस्था गरिएको वरिष्ठ उपाध्यक्ष पदमा हानथाप शुरु भएको हो । दुई पटक महासचिव भैसकेका ईश्वर पोखरेलकै लागि तयार गरिएको वरिष्ठ उपाध्यक्षमा सुवास नेम्वाङले दावी गर्न थालेपछि पोखरेललाई संकट परेको छ ।

आफू निकट नेताहरुसँग नेम्वाङले ओलीपछिको वरियतामा आफ्नो दावी रहने र त्यही अनुसार तयारी थाल्न निर्दैशन दिइसकेका छन् । संसदीय दलमा पनि पनि उनी ओलीपछिका नेता हुन् । एमाले संसदीय दलमा नेम्वाङ उपनेता हुन् । ओली सहभागी हुन नपाएका धेरैजसो कार्यक्रममा नेम्वाङलाई पठाउने गरेका छन् ।

प्रधानमन्त्री हुँदा ओलीका अघोषित रुपमा प्रमुख राजनीतिक र कानुनी सल्लाहकार रहेका नेम्वाङले वरिष्ठ उपाध्यक्ष पदमा दावी गरिसकेका छन् । ओली समूहभित्रबाटै महासचिव पोखरेललाई चुनौति आएपछि यतिबेला सो समूहका नेताहरु पनि छुट्टा छुट्टै छलफलमा रहेका छन् ।

यतिबेला महासचिव पोखरेल पनि आफू निकट रहेका नेताहरु आनन्द पोखरेल, राजेन्द्र गौतमलगायतसँग छलफल गरिरहेका छन् । नेम्वाङले आइतबार विहान मात्रै आफू निकट रहेका नेताहरुसँग वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिनसक्ने संकेत गरेपछि पोखरेलले आफू निकट रहेका नेताहरुसँग छलफल गरेका हुन् ।

७० वर्षे उमेर हदका कारण आगामी महाधिवेशनपछि राजनीतिबाट स्वयेच्छिक अवकाश लिनुपर्ने भएपछि अहिले नै नेम्वाङ र पोखरेल दुवैले वरिष्ठ उपाध्यक्षमा दावी गरेका थिए । विधान महाधिवेशन अघि बसेको स्थायी कमिटी बैठकमा पोखरेलले पार्टीमा सहअध्यक्ष र वरिष्ठ उपाध्यक्ष दुवै व्यवस्थ गर्न लविङ गरेका थिए । तर त्यसमा उनी असफल भएका थिए । ओली र ओली निकट नेताहरुले वरिष्ठ उपाध्यक्ष पनि नराख्ने चार मात्रै उपाध्यक्ष मात्रै रहने भनेपछि पोखरेलकै जोडबलमा वरिष्ठ उपाध्यक्ष राखिएको थियो ।

‘अहिलेसम्म मैले केही भनेको छैन साथीहरुले नेतृत्व लिनपर्छ भनिरहनु भएको छ, अहिलेको आवश्यकता केपी ओलीकै नेतृत्वको हो । त्यसकारण अहिले पनि मलाई साथीहरुले ओलीपछिको जुन भूमिका हो त्यही भूमिकामा जानुपर्छ भनिरहनु भएको छ म सल्लाह गर्दैछु’, नेम्वाङले संक्षिप्त प्रतिक्रिया दिए ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ