arrow

४ सय १६ संक्रमित थपिए, एक जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २९ सोमबार
corona-covid-dalta-plus.jpg

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ४१६ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय १२ हजार ४०२ को परीक्षण गर्दा उक्त सङ्ख्यामा संक्रमण पुष्टि भएको हो । 

यससँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस संक्रमितको सङ्ख्या आठ लाख १७ हजार ३३३ पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ९५ हजार १३६ जना रहेको छ । आज २७० जना निको भएका छन् । यससँगै निको हुनेको सङ्ख्या सात लाख ९८ हजार ५४४ पुगेको छ । निको हुने दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४७८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप एक जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । अहिले यस रोगबाट हुने मृत्युदर १.४ प्रतिशत छ । 

त्यसैगरी पछिल्लो समय ७४ हजार ४५२ ले खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या सात हजार ३११ रहेको छ । अहिले होम आइसोलेशनमा छ हजार ७७९, संस्थागत आइसोलेशनमा ५३२, आइसीयुमा २२५ र भेन्टिलेटरमा ६६ जनाले उपचार गराइरहेका छन् । 



नयाँ