arrow

एलजीको युपी सिरिज युएचडि टिभी नेपाली बजारमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २९ सोमबार
lg-udh-ai-cg-group.jpg

काठमाडौँ। एलजी ब्रान्डको आधिकारिक विक्रेता सिजी इम्पेक्सले एलजीको नयाँ युपी सिरिजको युएचडि टिभी नेपाली बजारमा ल्याएको छ। एलजीको युएचडि टिभी श्रेणीमा ५० इन्च, ५५ इन्च, ६५ इन्च र ७५ इन्च को टिभी नेपाली बजारमा ल्याएको हो।

युएचडि टिभी श्रेणीमा नेपालकै नं १ टिभी ब्रान्डमा आफूलाई स्थापना गरेको एलजीले नयाँ मोडेलको टिभीहरू नेपालमा ल्याएको छ। यस टिभीमा रियल फोर के डिस्प्लेसँगै तीन साइड सिनेमा स्क्रिन डिजाईका साथै क्वाड कोर प्रोसेसर फोर के, वेभ ओएस ६.० अपरेटिङ सिस्टम, आईपिएस प्यानल फोर के, एच जिआईजि मोड, अटोलो ल्याटेन्सी मोड (एएलएलएम) गेम अप्टिमाईजर, ए.आई ब्राइटनेस, ए.आई साउण्ड, एचडिआर टेक्नोलोजी (एचडिआर १०, एचएलजी) फिल्ममेकर मोड, म्याजिक मोसन रिमोट कन्ट्रोल (एमएमआरसि) स्पोर्टस अलट जस्ता थुप्रै विशेषताहरू रहेको कम्पनीले जनाएको छ।

विज्ञप्ति अनुसार, यस टिभीमा एलजी थिङक्यु एआई टेक्नोलोजी रहेको छ जसले एक सुव्यवस्थित अनुभव प्रदान गर्दछ साथै एमेजोन ऐलेक्सा, गुगल असिस्टेन र एप्पल एयर प्लेय २ सँग होमकिट जस्ता विशेषताहरू प्नि रहेको छ। एप्पल एयर प्लेय २ को मद्दतले तपाईँले आफ्नो आईफोन बाट सिधै स्क्रिन सेयर-स्क्रिन मिरर गर्न मिल्छ। गुगल असिस्टेनको मद्दतले तपाई आफ्नो टिभीलाई आफ्नो आवाजले नियन्त्रित गर्न सकिने छ। एलजीका सबै साइजका टिभीहरू सुलभ मूल्यमा नेपाली बजारमा उपलब्ध छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ