arrow

काठमाडौंबाट विप्लव समूहका २५ जना बन्दकर्ता पक्राउ 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ३० मंगलबार
ktm-banda-121.jpg

काठमाडौं। बजार तथा यातायात संचालनमा अवरोध गराउँदै हिडेका नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका २५ जना नेताकार्यकर्ता पक्राउ परेका छन् ।

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा मंगलबार चन्द नेतृत्वको दल नेकपाले नेपाल बन्दको घोषणा गरेको थियो। सो यातायात तथा बजार बन्द गराउँदै हिडेका चन्द समूहका २५ जना नेताकार्यकर्तालाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले रत्नपार्क, सुनधारा, महाराजगंज, नयाँ बसपार्क लगायतका क्षेत्रबाट २५ जना बन्दकर्तालाई पक्राउ गरिएको जानकारी दिए।

उनका अनुसार पक्राउ परेकाहरुलाई महाराजगंज वृत्त, जनसेवा, नेपाल पुलिस क्लब लगायतका प्रहरी कार्यालयहरुमा राखिएको छ।

पक्राउ पर्नेमा विप्लव समूहका काठमाडौं जिल्ला सदस्य रामकृष्ण गिरी, भुवन तामाङ सुकबहादुर तामाङसहितका नेताकार्यकर्ता छन् ।

बन्दका कारण सार्वजनिक यातायात न्यून रुपमा चलेका छन् भने निजी सवारी पनि न्यून मात्रै चलेका छन् । सरकारी कार्यालयमा कार्यरत कर्मचारी तथा कामकाजमा हिडेकाहरु भने बन्दका कारण पैदल हिड्न बाध्य भएका छन्। बजार तथा पसलहरु फाटफुट रुपमा खुलेका छन्  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ