- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रुपन्देही। पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको फिर्ता गर्न माग गर्दै मङ्गलवार देशभर आह्वान गरिएको बन्दको प्रभाव रुपन्देहीमा पनि परेको छ ।
सडकमा मोटरसाइकल, अत्यावश्यक सवारी र प्रहरीको स्कटिंगमा लामो दुरीका गाडीहरू आंशिक रूपमा चलेका छन् ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको बन्द रुपन्देहीमा अहिले सम्म शान्तिपूर्ण रहेको प्रहरीले बताएको छ।
यता, विप्लव नेतृत्व नेकपा पार्टीका केन्द्रीय सदस्य शरद वलीले हाम्रा कुरा सँग कुरा गर्दै, भने हामीले ८३ रुपैयाँ किनेको पेट्रोलियम पदार्थ किन अस्वाभाविक रूपमा बढाइयो ? जसले गर्दा आम नागरिक मर्कामा परे भनेर मूल्यवृद्धि फिर्ता लिन सरकारलाई दबाब दिनका लागि बन्द गरेको अवस्थामा हाम्रो पार्टीका कार्यकर्ताहरूलाई प्रहरीले पक्राउ गरेको छ, यो निन्दनीय छ । उनले भने ।
केन्द्रीय सदस्य वलीले देशका विभिन्न ठाउँबाट गरी आफ्ना २ सय ५० जना कार्यकर्ता पक्राउ परेको जनाएका छन् ।