arrow

विप्लवको बन्द : देशभरबाट २११ जना पक्राउ, चार वटा बसमा तोडफोड

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ३० मंगलबार
nepal-banda-nawalpur.jpg
फाइल तस्बिर

काठमाडौँ। देशभर बजार तथा यातायात सञ्चालनमा अवरोध गराउँदै हिँडेका नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका २११ जना नेता कार्यकर्ता पक्राउ परेका छन्।

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा मङ्गलवार चन्द नेतृत्वको दल नेकपाले नेपाल बन्दको घोषणा गरेको थियो। सो यातायात तथा बजार बन्द गराउँदै हिँडेका चन्द समूहका २११ जना नेता कार्यकर्तालाई प्रहरीले देशभरबाट पक्राउ गरेको जनाएको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता वसन्तबहादुर कुँवरले देशभरबाट बन्द तथा तोडफोडमा संलग्न गरी विप्लव समूहका २११ जनालाई पक्राउ गरिएको जानकारी दिएका हुन्।

पक्राउ परेकाहरूलाई अहिले साँझ छाडिनेछ। तर तोडफोडमा संलग्नहरू भने अनुसन्धानको दायरमा नै रहनेछन्।

बन्दकर्ताले ललितपुरमा दुई वटा बसमा तोडफोड गरेका छन्। यस्तै कपिलवस्तुमा एउटा र सुनसरीको धरानमा एउटा बस माथिसमेत तोडफोड भएको प्रहरीले जनाएको छ।

काठमाडौँबाट भने पक्राउ पर्नेमा विप्लव समूहका काठमाडौँ जिल्ला सदस्य रामकृष्ण गिरी, भुवन तामाङ, सुकबहादुर तामाङसहितका नेता कार्यकर्ता छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ