arrow

नुवाकोट कांग्रेसमा नेतृत्व लिन केसी र महत पक्षबीच रस्साकस्सी, डा. केदार नरसिंह केसी उम्मेदवारी दिँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १ बुधबार
kedar-narsingh-kc-congess-nuwakot.jpg

नुवाकोट । नेपाली कांग्रेसको बाँकी रहेका जिल्ला अधिवेशनको मिति नजिकिँदै गर्दा उममेद्वारी बन्नेहरु मैदानमा उत्रिदै जान थालेका छन् । कतिपय अझै पनि आफ्नो समूहको व्यवस्थापनमा लागे पनि अधिकांश ठाउँमा उमेद्वारहरु मैदानमा उत्रेर प्रचारप्रसारमा व्यस्त हुन थालेका छन् । 

एक भन्दा बढी निर्वाचन भएको जिल्ला मंसिर १० गते जिल्ला अधिवेशन भएका कारण कतिपय ठाउँमा सभापतिको उमेद्वारहरुको औपचारिक घोषणा भने हुन बाँकी छ। काठमाडौंको छिमेकी जिल्ला नुवाकोटमा पनि यतिखेर अधिवेशनको सरगर्मी ह्वात्तै बढेको छ। 

परम्परागत रुपमा अर्जुननरसिंह केसी र डा. रामशरण महत समूहमा विभाजित नुवाकोटको राजनीति यस पटक पनि यही सेरोफेरोमा घुमेको देखिन्छ। जिल्लाको राजनीतिमा पकड जमाउँदै आएको केसी समूहलाई घेराबन्दी गर्न महतलाई भाइ तथा कांग्रेस सहमहामन्त्री डा. प्रकाशरण महत र संघीय सांसद बहादुर लामाले पनि साथ दिएका छन् । 

यति हुँदा हुँदै पनि यो गठबन्धनले खासै प्रभावकारी भूमिका खेल्न नसकेको पालिकाको चुनावसम्मको नतिजाले देखाएको कांग्रेसलाई बुझेका स्थानिय विश्लेकहरुले बताउँछन् । 

दुई खेमामा स्पष्ट विभाजित नेपाली कांग्रेस नुवाकोटको अबको सभापति को हुने भन्ने पनि आम चासोको विषय बनेको छ। महत समूहको तर्फबाट उनका भतिज तथा बहालवाला पार्टी सचिव रमेश महत सभापति उम्मेद्वारको रुपमा मैदानमा खडा भएका छन् । 

केसी समूहका तर्फबाट भने अहिलेसम्म औपचारिक रुपमा कसैको उम्मेद्वारी घोषणा नभए पनि डा. केदारनरसिंह केसी नै उम्मेद्वार हुने निश्चित देखिएको छ। महतलाई टक्कर दिने मात्र नभइ पराजित गर्न सक्ने उम्मेद्वार डा. केसी मात्र भएको विश्लेषणपछि केसी समूहले उनलाई सभापतिको उम्मेद्वार बनाउन लागेको हो । यसको औपचारिक घोषणा गर्न बाँकी रहेको छ। 

राजनीतिसँगै समाजसेवामा उल्लेख्य योगदान गर्दै आएका नेपाल चिकित्सक संघका पूर्व अध्यक्षसमेत रहेका केसी खासगरी नुवाकोटमा स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानका कारण सम्झिइनेमा पर्छन् । 

वीपी स्मृति अस्पताल र आफ्ना माता पिताको नाममा स्थापित ट्रष्टमार्फत उनले नुवाकोट र आसपासका जिल्लामा स्वास्थ्य सेवाका क्षेत्रमा स्थानियहरुलाई सहयोगसँगै गुन लगाउँदै आएका छन् । 

कांग्रेसको ‘थिङ्क ट्याङ्क’ प्रजातान्तिक विचार समाजका अध्यक्षसमेत रहेका केसी राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा सम्वन्ध स्थापित भएका नेतामा पर्छन् । केसीको उम्मेद्वारी सबैभन्दा प्रभावशाली हुने वडादेखिको सूचनापछि मात्र उनलाई उम्मेद्वार बनाउन लागेको केसी समूहका एक स्थानिय नेताले बताए । 

सम्भवत केही दिनमै उनको उम्मेद्वारी घोषणा हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ