arrow

स्वास्थ्य र शिक्षा क्षेत्रबाट नोबेलले सबैभन्दा बढी कर तिर्‍यो, राजश्व विभागबाट सम्मानित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १ बुधबार
nobel-hospital-samman-2021.jpg

काठमाडौं । स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक मध्येबाट मुलुककै सबैभन्दा बढी आयकर तिरेर विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल यो वर्ष पनि सम्मानित भएको छ । आर्थिक वर्ष २०७६–०७७ मा स्वास्थ्य र शिक्षा क्षेत्रको उत्कृष्ट करदाता बनेर नोबेल सम्मानित भएको हो ।

१० औं राष्ट्रिय कर दिवसको अवसरमा बुधबार बिहान काठमाडौंमा आयोजित समारोहकाबीच आन्तरिक राजश्व विभागले नोबेललाई सम्मान गरेको हो । कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा र अर्थसचिव मधुकुमार मरासिनीले नोबेलका प्रमुख कार्यकारी अधिकृत डा. भोगेन्द्रप्रसाद उपाध्यायलाई माला र खादा लगाएर सम्मानपत्र प्रदान गरी सम्मान गरे । कार्यक्रममा अन्य क्षेत्रका उत्कृष्ट करदाताहरुलाई पनि सम्मान गरियो ।

योसँगै नोबेल दुई पटक मुलुकको उत्कृष्ट करदाता बनेको छ । यसअघि आर्थिक बर्ष २०७३–०७४ मा पनि स्वास्थ्य तथा शिक्षा क्षेत्रबाट मुलुककै सबैभन्दा बढी आयकर तिरेर नोबेल सातौं कर दिवसमा पुरस्कृत भएको थियो । 

दोस्रो पटक पनि मुलुकको उत्कृष्ट करदाता बनेपछि प्रतिक्रिया दिँदै नोबेल अस्पतालका सञ्चालक डा. सुनिल शर्माले यो पटक पनि राज्यलाई बढी कर तिर्न सफल भएकोमा खुशी व्यक्त गरे ।

२०६१ सालमा विराटनगरको कञ्चनबारीमा स्थापना भएको नोबेल मेडिकल कलेज गुणस्तरीय उपचार र स्तरीय चिकित्सा शिक्षाका क्षेत्रमा अब्बल मानिन्छ । 

पटक–पटक मुलुकको उत्कृष्ट करदाता बनेर नोबेलले राज्यलाई बढी योगदान गर्ने महत्वपूर्ण संस्थाको पहिचान पनि थपेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ