arrow

यौन दुर्व्यवहारबारे कम्युनिष्ट नेतालाई आरोप लगाएपछि चिनियाँ टेनिस स्टार गायब

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १ बुधबार
china-peng-zhang-tennis-rape-assult.png

काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी)का पूर्व शीर्ष नेता झाङ गाओलीले गरेको यौन दुर्व्यवहारका विषयमा बोलेपछि टेनिस स्टार पेंग सुई सम्पर्कविहीन भएकी छिन् ।

हाल अवकाशमा रहेका ७५ वर्षीय झाङ गाओली सन् २०१२ देखि सन् २०१७ सम्म चिनियाँ राष्ट्रपति सी चिनफिङको पहिलो कार्यकालका बेला सीसीपीको सात सदस्यीय पोलिटीब्युरो स्थायी समितिका सदस्य रहेका थिए ।

३५ वर्षीय टेनिस स्टार सुईले ट्विटर जस्तै चिनियाँ सामाजिक सञ्जाल विइबोमा पोस्ट गर्दै नोभेम्बर २ मा आफूमाथि भएको दुर्व्यवहारको खुलासा गरेकी थिइन् । त्यसयता उनी सार्वजनिकरुपमा देखा परेकी छैनन् ।

सुई सम्पर्कविहीन भएपछि वुमेन टेनिस एसोसिएनसले अनुसन्धानका लागि माग गरेको छ भने, विश्वकै नम्बर वान टेनिस प्लेयर जापानकी नाओमी ओसाकाले बुधवार विज्ञप्ति जारी गर्दै 'सुई र सुईको परिवारको सुरक्षाको माग गर्दै यो कुनै हालतमा पनि स्वीकार्य नहुने' बताएकी छिन् ।

कम्युनिस्ट पार्टीको नीति र नेताहरुविरुद्ध बोल्ने जोसुकैलाई गायब पार्ने रणनीति चीनमा चलिआएको छ । यसैको पछिल्लो सिकार टेनिस स्टार सुई भएको भन्दै विश्वभर आलोचना भइरहेको छ ।

गत वर्ष अरबपति एवं विश्वकै प्रभावशाली उद्यमी ज्याक मालाईसमेत चिनियाँ अधिकारीहरूले लामो समयसम्म बेपत्ता पारेका थिए ।

चिनियाँ व्यापारिक नीतिविरुद्ध केही टिप्पणी गरकै विषयलाई लिएर उनलाई लामो समय सम्पर्कविहीन पारिएको थियो भने उनका कम्पनीमाथि अर्बौँको घाटा सिर्जना गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ