arrow

बिहेबारी चल्ने महिनाको पहिलो दिनमै घट्यो सुनको मोल 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १ बुधबार
gold-jewellery.jpg
तस्वीर–फाइल ।

काठमाडौं । मंसिर लागेपछि बिहेबारी चल्ने गर्छ । त्यसका लागि गरगहना महत्वपूर्ण हुन्छ । मंसिरको पहिलो दिनमै सुनको मूल्य घटेको छ । नेपाली बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला रु ५०० ले ओरालो लागेर रु ९४ हजार ३०० तोकिएको छ । पहेँलो धातु मङ्गलबार प्रतितोला रु ९४ हजार ८०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ८०० तोकिएको छ । यसको मूल्य मङ्गलबार प्रतितोला रु ९४ हजार ३००  थियो ।

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार २८० तोकिएको महासङ्घले जनाएको छ । चाँदी आइतबार प्रतितोला रु एक हजार २९० मा कारोबार भएको थियो ।

महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको काारोबार मूल्य तोक्दै आएको छ । अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार ८५४ डलर आसपासमा कारोबार भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ