arrow

डडेल्धुरा कांग्रेस नेता कार्यकर्ता पार्टी कार्यालयमा धर्ना बस्ने तयारीमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १ बुधबार
congress-party-offfice_1618126234.jpg

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको गृह जिल्ला डडेल्धुराका असन्तुष्ट कांग्रेस नेता कार्यकर्ताहरुले सानेपास्थित पार्टी कार्यालयमा धर्ना शुरु गर्न लागेका छन् । बुधबार ३ बजेदेखि धर्ना बस्नेगरी तयारी भइरहेको छ ।

शनिबार डडेल्धुरा कांग्रेसका सभापति कर्ण मल्लले पार्टी केन्द्रीय सानेपामा पत्रकार सम्मेलन गर्दै विधानविपरीत बाँडिएको क्रियाशील सदस्यता सच्याएर पुनः अधिवेशन नगरिए आन्दोलन चर्काउने चेतावनी दिंदै मंसिर १ गतेदेखि केन्द्रीय कार्यालय सानेपामा धर्नाको कार्यक्रम शुरु गरिने जानकारी दिएका थिए ।

सभापति मल्लले डडेल्धुराका ५२ वटा वडामध्ये ४३ वटा वडामा जिल्लाबाट स्वीकृत क्रियाशील सदस्यता नामावलीमा व्यापक हेरफेर गरिएको आरोप लगाउँदै अवैधानिक तवरमा भएका वडा र पालिका अधिवेशनहरु खारेज गरी नयाँ वैधानिक अधिवेशनको मिति तय गरिदिन गरिएको आग्रहलाई लत्याइएकोमा काठमाडौं केन्द्रीत आन्दोलनमा उत्रिनु परेको जानकारी दिए ।

‘हालसम्म कुनै प्रकारको सुनुवाइ भएको छैन् । विभिन्न चरणमा भएका छलफल र संवादहरु पनि कुनै निष्कर्षमा पुग्न सकेन । त्यसैले बाध्य भएर धर्ना शुरु गर्दैछौं,’नेविसंघका पूर्व अध्यक्ष समेत रहेका कांग्रेस नेता केशव सिंहले भने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ