arrow

बढ्न थाले संक्रमित, थप एक जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १ बुधबार
corona-covid-dalta-plus.jpg

काठमाडौँ । नेपालमा फैरी कोरोना भाइरस संक्रमितको सङ्ख्या बढ्न थालेको छ । मङ्गलबार ३७७ संक्रमित भएकामा बुधवार ४१२ नयाँ संक्रमित थपिएको मन्त्रालयको तथ्याङ्कले पुष्टि गरेको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा ११ हजार ९९३ को कोरोना परीक्षण गरिएको थियो । नेपालमा कोरोना भाइरसबाट संक्रमितको सङ्ख्या आठ लाख १८ हजार ३५ पुगेको छ । 

एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ९५ हजार २२३ रहेको छ । बुधवार २०२ जना कोरोनाबाट निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या सात लाख ९८ हजार ९१६ पुगेको छ । निको हुने दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा थप एक जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४८३ पुगेको छ । अहिले कोरोनाबाट हुने मृत्युदर १.४ प्रतिशत छ ।

 त्यसैगरी पछिल्लो समय एक लाख १७ हजार ६१ ले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या सात हजार ६३६ छ । 

अहिले होम आइसोलेसनमा सात हजार १६३, संस्थागत आइसोलेसनमा ४७३, आइसियुमा २२४ र भेन्टिलेटरमा ६० जनाले उपचार गराइरहेका छन् । 



नयाँ