arrow

टर्कीको असफल सैन्य विद्रोहीपछि ४२ पत्रकारमाथि पक्राउ आदेश

logo
प्रकाशित २०७३ साउन १० सोमबार
palais-justice-istanbul.jpg.jpeg
अङ्कारा (टकी) । टर्कीका सरकारी अधिकारीले मुलुकमा केही दिन पहिले भएको असफल सैनिक विद्रोहमा संलग्नमाथि अनुसन्धान तथा कारबाही अघि बढाइरहेको बेला विभिन्न सञ्चार माध्यममा कार्यरत ४२ जना पत्रकारलाई पनि पक्राउ आदेश दिइएको टर्कीको एनटिभी टेलिभिजन च्यानलले जनाएको छ । 
 
विगत १३ वर्षदेखि टर्कीको सत्ता सम्हालेका राष्ट्रपति रेसेप तैयप एर्डोगानलाई सत्ताच्युत गर्ने उद्देश्यले गरिएको असफल ‘कु’ प्रयासपछि सरकारले प्रहरी, सेना शिक्षक अन्य कर्मचारी गरी ५० हजारलाई जागिरबाट बर्खास्त गरेको छ । 
 
छानबिनका क्रममा कुनै पत्रकारलाई हिरातमा लिइसकिएको बारे अहिलेसम्म कुनै खबर प्राप्त नभए पनि शनिबारसम्म ४२ जना पत्रकार विरुद्ध पक्राउ आदेश दिइएको उक्त टेलिभिजनले बताएको छ । पक्राउ आदेश दिइकामध्ये सरकार नियन्त्रित सवाह दैनिकबाट भ्रष्टचार काण्डमा मुछिएका तत्कालीन मन्त्रीहरूको आलोचना गरेपछि सन् २०१३ मा उक्त दैनिकबाट निष्कासित वरिष्ठ पत्रकार नाजली इलिकाक समेत रहेका छन् । 
 
वर्तमान सरकारले तीन वर्ष पहिलेको भ्रष्टाचार काण्ड चर्चामा ल्याउनमा अमेरिकामा स्वेच्छिक निर्वासनमा रहनुभएका धार्मिक नेता फेतुल्लाह गुलेनमाथि दोष लगाइएको थियो । जुलाई १५ मा भएको असफल ‘कु’ प्रयासमा पनि गुलेनको संलग्नता रहेको बताइएको छ । 
 
गुलेनले सरकारले आफूमाथि विद्रोह गराएको दोषारोपणको खण्डन गर्दै आएका छन् । टर्कीबाट प्रकाशित हुरियट दैनिकले असफल राज्य विद्रोहको प्रयासमा संलग्नता रहेको भन्दै सरकारको आतङ्वाद– विरोधी अभियानका अभियोजक इर्फोन फिदानले पत्रकार विरुद्ध पक्राउ आदेश दिएको बताएको छ । 
 
सरकार विरोधी फिदानले पत्रकार विरुद्धको कारबाही सुरु गरिसकिएको तर वरिष्ठ पत्रकार इलिकाक घरमा नरहेकाले पक्राउ नपरेका बताए । एएफपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ