- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । बुधवार साँझ काठमाडौँ आइपुगेका अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालको अवलोकन गरेका छन् ।
भ्रमणको सुरुवातमै सहायक विदेश मन्त्री लुले अमेरिकी अनुदानमा प्राप्त फाइजर खोप वितरण भइरहेको त्रिवि शिक्षण अस्पतालमा अवलोकन गरेका हुन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडासँगै दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी ब्युरो हेर्ने अमेरिकी सहायक विदेश मन्त्री लुले त्रिवि अस्पतालको अवलोकन गरेका हुन् ।
नेपाल र अमेरिका बिचको द्विपक्षीय कूटनीतिक सम्बन्धको ७५औँ वर्षगाँठ नजिकिँदै गरेका बेला अमेरिकी विदेश मन्त्री लुले काठमाडौँ भ्रमण गरेका हुन् । उनले यससँगै प्रधानमन्त्री शेरबहादुर देउवा एवं अन्य शीर्षनेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
लुको भ्रमण सम्बन्धी जानकारी दिँदै काठमाडौँ स्थित अमेरिकी दूतावासले इतिहास, साझा लोकतान्त्रिक मूल्यमान्यता र जनस्तरमै स्थापित सम्बन्धका कारण नेपाल निरन्तर रूपमा अमेरिकाको महत्त्वपूर्ण साझेदार रहँदै आएको बताएको छ ।
अमेरिकी सरकारले नेपाललाई कोभिड-१९ विरुद्धको १५ लाख ३४ हजार ८५० डोज जोन्सन एन्ड जोन्सन र १ लाख ६२० डोज फाइजर खोप उपलब्ध गराएको छ । बिहीबार अर्थात् आज अमेरिकी उप सहायक विदेश मन्त्री केली केइडरलिङ पनि काठमाडौँ आउने कार्यक्रम रहेको छ ।