arrow

कोरोनाभाइरस विरुद्धको खोप अभाव छैन, जुनसुकै बेला लगाउन पाइन्छ : मन्त्री खतिवडा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २ बिहिबार
birodh-khatiwada-health-minister.jpg

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोरोनाभाइरस विरुद्धको खोप आफूलाई पायकपर्ने खोप केन्द्रमा गई जुनसुकै बेला पनि लगाउन सकिने बताएका छन् । खोप लगाउन अब पालो कुर्नु नपर्ने उनको भनाइ छ ।

त्रिवि शिक्षण अस्पतालमा बिहीबार फाइजर खोप अभियानका सन्दर्भमा अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुसँगको सयुक्त  अवलोकनका लागि पुगेका मन्त्री खतिवडाले खोप अभाव नभएको बताए ।

काठमाडौंमा वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सैनिक अस्पताल र नेपाल पुलिसको अस्पतलामा २४सै घण्टा सर्वसाधारणलाई खोपको व्यवस्था गरिएको मन्त्री खतिवडाले जानकारी दिए । एक महीनापछि १२ वर्षदेखि १८ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोप प्रदान गरिने पनि उनले जानकारी दिए ।

फाइजर खोपको पहिलो मात्रा लगाउने अभियान २८ कात्तिकदेखि ४ मंसीरसम्म देशभरका २४ अस्पतालबाट सञ्चालन भइरहेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ