arrow

“सिटी आयो लखपति बनायो” योजना सक्यो

अन्तिम पाँच जना लखपति विजेताहरूको नाम घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २ बिहिबार
city-express-lagapati-manshir-2078.jpg

काठमाडौँ। सिटी एक्सप्रेस मनी ट्रान्सफरले “सिटी आयो लखपति बनायो” योजना अन्तर्गत कार्तिक महिनाको पाँच भाग्यशाली विजेताको नाम सार्वजनिक गर्दै योजना समापन भएको घोषणा गरेको छ। सोही योजना अन्तर्गत ५ जनाले जनही रु १ लाख जित्न सफल भएको सिटी एक्सप्रेसले जानकारी दिएको छ। कम्पनीले विद्युतीय प्रणालीद्वारा विजेता छनौट गर्दा साउदीबाट रेमिटेन्स पठाउने खगेन्द्र बुढाथोकी, मलेसियाबाट उदय राम यादव, कुवेतबाट रमिता तामाङ, कोरियाबाट दिल बहादुर पुन साथै अन्तिममा कतारबाट रेमिटेन्स पठाउने चिनाक हरिजन गरी ५ जना लखपति बन्न सफल भएका छन्।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले नेपालीहरूको महान् चाड २०७८ सालको दसैँ, तिहार र छठलाई लक्षित गर्दै आफ्ना ग्राहकहरूसँग पर्वको खुसी साट्न लगातार ६१ दिन सम्म चल्ने “सिटी आयो लखपति बनायो ” उपहार योजना गत भदौ ३१ गते घोषणा गरेको थियो।

सिटी एक्सप्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत ६१ दिन लगातार हरेक दिन १ जना (कुल ६१ जना) विजेतालाई  रु १०,००० उपहार प्रदान गरेको छ साथै हरेक महिना ५ जनालाई रु १–१ लाख गरी २ महिना सम्म १० जना लखपति बन्न सफल भएका छन्।

कम्पनीका अनुसार यस “सिटी आयो लखपति बनायो” अफर असोज १ गते देखि कार्तिक ३० गते सम्म चलेको थियो। यो अवधिभरि सिटी एक्सप्रेस मार्फत देश विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी गरिएको थियो।

सिटी एक्सप्रेसले रेमिटेन्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १५ वर्ष देखि संसारभरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ। आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२,००० भन्दा बढी भुक्तानी केन्द्रहरू मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैङ्कको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरू प्रदान गर्दै आइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ