arrow

रामदेव पुगे प्रचण्ड निवासमा, सीता दाहालको स्वास्थ्यलाभको कामना

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २ बिहिबार
ramdev-sita-dahal-prachanda.jpg

काठमाडौं । भारतीय योगगुरु रामदेव र पतञ्जली योगपीठका प्रमुख आचार्य बालकृष्ण नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा पुगेका छन् । बिहीबार तीन दिने भ्रमणमा लागि काठमाडौं आइपुगेका रामदेव आचार्य बालकृष्णसहित प्रचण्डनिवास खुमलटार पुगेका हुन् । 

उक्त क्रममा रामदेव र आचार्य बालकृष्णले प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्यअवस्था पनि बुझेका छन् । लामो समयदेखि बिरामी रहेकी सीताको उपचारका लागि विभिन्न देशमा लगिसकेका छन् । तर उनको स्वास्थ्यमा सुधार हुन सकेको छैन । 

योगगुरु रामदेवको चमत्कारको अपेक्षा प्रचण्डले गरेको हुनुपर्छ । उनी शुक्रबार काठमाडौंमा हुने पतञ्जली योगपीठको कार्यक्रममा सहभागी हुन काठमाडौं आएका हुन् । 

त्यस्तै शुक्रबारै प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा दुई वटा धार्मिक नेपाली च्यानलको शुभारम्भ गर्ने कार्यक्रमसमेत रहेको छ ।

यसअघि बिहीबार आएका उनलाई काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनका अनुयायीहरुले स्वागत गरेका थिए । 

रामदेव गत वर्ष नै नेपालमा आउने कार्यक्रम रहेको भए पनि कोरोना भाइरसको महामारीका कारण पछाडि धकेलिएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ