arrow

शिवम् सिमेन्टद्वारा निर्माणकर्मीहरूको लागि ५ लाख बराबरको दुर्घटना बिमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ३ शुक्रबार
shivam-cement-2078.jpg

काठमाडौँ। शिवम् सिमेन्ट लिले देशका विभिन्न स्थानहरूमा दक्ष प्राविधिकद्वारा निर्माणकर्मीहरूसँग परामर्श तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। सो अन्तरक्रिया कार्यक्रममा भवन निर्माण सम्बन्धी प्राविधिक परामर्श प्रदान गर्नुका साथै हरेक सहभागी निर्माणकर्मीहरूको लागि ५ लाख बराबरको दुर्घटना बिमा गरी बिमा पोसिली सोही कार्यक्रम मार्फत हस्तान्तरण गरेको छ।

दैनिक निर्माण कार्यमा खटिने निर्माणकर्मीहरू हरेक दिन जोखिमपूर्ण कार्यहरू गर्दै आइरहेका हुन्छन् उक्त जोखिमलाई मध्यनजर राख्दै शिवम् सिमेन्टले निर्माणकर्मीहरूको लागि निः शुक दुर्घटना बिमा योजना ल्याएको हो।

देशका विभिन्न स्थानमा सम्पन्न प्राविधिक अन्तरक्रिया कार्यक्रममा शिवम् सिमेन्टले सहभागी हरेक निर्माणकमीहरूको लागि  ५ लाख रुपैयाँ बराबरको जोखिम बहन गर्ने गरी बिमा गरेको हो।

पहिलो चरण अन्तर्गत हालसम्म काठमाडौँ, मकवानपुर, पर्सा, रौतहट, जनकपुर, महोत्तरी जिल्ला लगायतका विभिन्न १६ स्थानमा १ हजार भन्दा बढी निर्माणकर्मीहरू सँग प्राविधिक अन्तरक्रिया गरी उनीहरूको जोखिम बिमा गराई सकेको कम्पनी प्रतिनिधि बताएका छन्।

उक्त अन्तरक्रिया कार्यक्रममा दक्ष एवम् अनुभवी प्राविधिकद्वारा सिमेन्ट सम्बन्धी जानकारी, निर्माण सामाग्रीको गुणस्तर मापन तथा छनौट प्रक्रिया, निर्माणकर्मीलाई दिनहुँ आइपर्ने निर्माण सम्बन्धी समस्याहरूको समाधानका उपाय र सिमेन्ट भण्डारण सम्बन्धी विस्तृत जानकारी गराइएको थियो।
कार्यक्रममा सम्बन्धित क्षेत्रका शिवम् सिमेन्टका वितरकहरू, उद्योगी, व्यवसायी लगायतका उपस्थिति रहेको थियो।

शिवम् सिमेन्टले आगामी दिनहरूमा समेत शिवम् सिमेन्टका विक्रेताहरू सँगको समन्वयमा यस अन्तरक्रिया तथा निःशुल्क बिमा कार्यक्रम  निरन्तर सञ्चालन गर्ने कम्पनीले जनाएको छ।

यो सँगै शिवम् सिमेन्टले निरन्तर रूपमा बिक्री पछिको निःशुल्क प्राविधिक सेवा समेत दिँदै आइरहेको छ। निःशुल्क दक्ष प्राविधिक सेवा लिनको लागि टोल फ्री नं. १६६००१२३३२१ (एनटिसी) ९८०१५७५५७५  (एनसेल) मा सम्पर्क गर्न सकिने जनाएको छ। “भरोसा अटुट सम्बन्धको”, “गुणस्तरको पहिचान हो शिवम्”, “गुणस्तरमा कहिल्यै सम्झौता नगरौँ” तथा “क्वालिटी को मामलामा नो कम्प्रमाइस्, जस्ता मूल नाराका साथ अगाडि बढिरहेको शिवम् सिमेन्ट लिमिटेडले आफ्नो गुणस्तरीय उत्पादन तथा बिक्री वितरण र बिक्री पछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफल भएको छ।

देशको विभिन्न ठुला–ठुला राष्ट्रिय गौरवका आयोजनाहरूमा आफ्नो महत्त्वपूर्ण भूमिका निभाउँदै आएको शिवम् सिमेन्टको उत्पादन गुणस्तरीय भएको प्रमाणित भई सिमेन्ट जगतमै पहिलो पटक एनएस गुणस्तर अवार्ड २०१९ बाट सम्मानित भएको थियो।

ओपिसी सिमेन्ट मात्र उत्पादन गर्दै आएको शिवम् सिमेन्ट सन् २००९ मा नेपालका केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधि उक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ।

उच्च गुणस्तर, निरन्तर सेवा र विश्वसनीयताको कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकहरूद्वारा अत्यधिक विश्वास गरिएको र रुचाइएको असली ओपिसी सिमेन्ट बन्न सफल भएको हो।

नेपाल गुणस्तर चिन्ह ५७२, ४९ तथा आइएसआइ, यूआरएस प्रमाणित आइएसओ प्रमाणपत्र  प्राप्त शिवम् सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिँदै आएको कम्पनीको विज्ञप्तिमा उल्लेख गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ