arrow

आज ५८० वर्षयताकै लामो चन्द्र ग्रहण लाग्दै 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ३ शुक्रबार
moon-eclipse.jpg

काठमाडौँ । आज अर्थात् शुक्रवार नेपाली समय अनुसार दिउँसो करिब १ बजेपछि ५ सय ८० वर्षयताकै लामो चन्द्र ग्रहण लाग्दै छ । 

झन्डै ३ घण्टा २८ मिनेट २४ सेकेन्ड लामो खण्डग्रास चन्द्र ग्रहणको उच्च बिन्दुमा पृथ्वीको छायाले चन्द्रमाको ९७ प्रतिशत भाग ढाकिनेछ । यो चन्द्र ग्रहणको उच्च बिन्दु नेपाली समय अनुसार दिउँसो २ बजेर ४९ मिनेटमा हुनेछ ।

वैज्ञानिकहरूका अनुसार यसअघि सन् १४४० को फेब्रुअरी १८ मा यो भन्दा लामो चन्द्र ग्रहण लागेको थियो । आआफ्नो कक्षमा घुमिरहेका बेला सूर्य र चन्द्रमाको बिचमा पृथ्वी पर्दा चन्द्र ग्रहण लाग्छ ।

सूर्य र चन्द्रमाको बिचमा पृथ्वी रहँदा सूर्यको प्रकाश पृथ्वी र पृथ्वीको छाया चन्द्रमामा पर्छ । यो नै चन्द्र ग्रहण हो ।

यसपछि अब, ८ फेब्रुअरी २६६९ का दिन मात्र यस्तो लामो चन्द्र ग्रहण लाग्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ