- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। माछापुच्छ्रे बैङ्क र श्रम ज्योति बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा सहकारीका ग्राहकहरूका लागि डेबिट कार्डको सुरुवात गरी व्यापारिक सम्बन्धको सुरुवात गरेको छ। उक्त सहकार्यको औपचारिक कार्यक्रम नेपाल विद्युत् प्राधिकरण, रत्नपार्कको प्राङ्गणमा भएको हो।
सोही कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका तर्फबाट उप कार्यकारी निर्देशक अर्थ डिल्ली रमण दाहाल, श्रम ज्योति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लोकेन्द्र बहादुर साउद र बैङ्कका तर्फबाट नायब महाप्रबन्धक सर्जु कुमार थापाले संयुक्त रूपमा औपचारिक उद्घाटन गरेका हुन्।
नेपाल विद्युत् प्राधिकरणका कर्मचारीहरूले स्थापना गरेको यस श्रम ज्योति बचत तथा ऋण सहकारी संस्थाका ग्राहकहरूले यस सहकार्यको मद्दतले अब डेबिट कार्ड प्रयोग गर्न सक्ने छन्।
समयसापेक्ष अत्याधुनिक प्रविधिको प्रयोग अब बैङ्किङ क्षेत्रमा मात्र सीमित नरहि सहकारीहरू पनि उक्तिकै प्राथमिकतामा राख्न थालेका छन्। यसले डिजिटल क्षेत्रलाई प्रोत्साहित गरी बैङ्किङ कारोबार अझ सहज र सुदृढ हुने विश्वास बैङ्कले लिएको छ