- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
जनकपुर । नेपाली काँग्रेस जनकपुरधाम उपमहानगरपालिकाको नगर सभापतिमा मनोज साह निर्विरोध चयन भएका छन् । आइतबार स्थानीय गोपल धर्मशालामा भएको अधिवेशनमा मनोज साह नगर सभापतिमा निर्विरोध चयन भएका हुन्।
पार्टी उपसभापति विमलेन्द्र निधीको पहलमा साह निर्विरोध भएका हुन् । यसअघि नगरसभापतिका लागि सञ्जीव साह टीका र राकेश विक्रम साहले पनि दाबेदारी गरेका थिए।
यद्यपि दुई जना उपसभापतिका लागि पाँच जनाले मनोनयन दर्ता गराएका छन्। साहसहित पङ्कज महतो, विक्रम यादव, नरेश यादव र दिनेश यादवले नगर उपसभापतिका लागि उम्मेदवारी दर्ता गराएका छन्।
त्यस्तै सचिवमा जितेन्द्र प्रसाद साह,लालबाबु मिश्र ,नीरज कुमार झा, लभ कुमार झा र वीरेन्द्र कुमार यादव रहेका छन्। सह सचिवमा दीपक ठाकुर ,हरिनारायण यादव ,लक्ष्मी नारायण यादव ,राकेश कुमार यादव, उपेन्द्र यादव र ज्ञानेन्द्र प्रसाद यादव रहेका छन्।
नगर सभापतिमा सर्वसम्मत भए पनि अन्य पदका लागि भने निर्वाचन हुने सम्भावना देखिएको छ।