arrow

पूजा बनिन् काँग्रेसकै कान्छी महाधिवेशन प्रतिनिधि

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ५ आइतबार
puja-phuyel.JPG
फाइल तस्बिर

सोलुखुम्बु। नेपाली काँग्रेसको १४ औ महाधिवेशन अन्तर्गत सोलुखुम्बुको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा सम्भवता अहिलेसम्मकै कान्छी पूजा फुयाँल विजयी भएकी छिन्। २१ वर्षिया फुयाँल अहिलेसम्म सार्वजनिक नतिजा अनुसार सबैभन्दा कान्छी महाधिवेशन प्रतिनिधि हुन्।

मङ्सिर २ गते भएको निर्वाचनमा महिला (खस आर्य) कोटाबाट निर्वाचन लडेकी फुयाँल र टङ्कीमाया बस्नेतले समान ४०३ मत प्राप्त गरेका थिए । गोला प्रथा मार्फत नतिजाको निर्णय गर्दा फुयाँलले बाजी मारेकी हुन। 'राजनीतिको एक कदम अघि बढ्न भाग्यले साथ दियो' फुयाँलले भनिन्।

जिल्लाको नेचासल्यान गाउँपालिकाबाट सबैभन्दा कान्छी क्षेत्रीय प्रतिनिधिका रूपमा वडा अधिवेशनमा निर्वाचित फुयाँलले केन्द्रीय महाधिवेशन प्रतिनिधिमा पनि विजयी भएकी हुन।

फुयाँल नेपाल विद्यार्थी सङ्घ सोलुखुम्बुको कोषाध्यक्ष तथा सानो ठिमी क्याम्पस भक्तपुरको स्ववियु सदस्य समेत हुन्।



नयाँ