arrow

भिडियो कलमार्फत चिनियाँ टेनिस स्टारले भनिन् 'म सुरक्षित छु'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ६ सोमबार
china-peng-zhang-tennis-rape-assult.png

काठमाडौँ । चिनियाँ टेनिस स्टार पेंग सुईले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि(आईओसी)सँग भिडियो कलमा बोल्दै आफू सुरक्षित रहेको बताएकी छन् । 

चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी)का पूर्व शीर्ष नेता झाङ गाओलीले गरेको यौन दुर्व्यवहारका विषयमा बोलेपछि उनी विगत तीन सातादेखि सम्पर्कविहीन भएकी थिइन् ।

उनी सम्पर्कविहीन भएपछि विश्वभरबाट उनको सुरक्षाको चिन्तालाई लिएर चिनियाँ अधिकारीहरूमाथि दबाब दिन थालिएको थियो ।

यसअघि हिजो मात्रै उनी चिनियाँ अधिकारीहरूसँग टेनिस खेल हेरिरहेको एवं साथीहरूसँग बसिरहेको दुई भिडियो क्लिप सार्वजनिक भएका थिए ।

आइतबार नै आईओसीका अध्यक्ष थोमस बाच सँग उनले भिडियो कलमा ३० मिनेट कुराकानी गर्दै आफू बेइजिङ स्थित आफ्नै घरमा रहेको र अहिले साथीभाइहरूसँग समय बिताइरहेको बताएकी हुन् । यद्यपि, अहिले आफ्नो गोपनीयताको सम्मान गर्न चाहेको उनले बताएकी छिन् ।

अझै पनि अन्तर्राष्ट्रिय समुदायले भने सुईमाथि चिनियाँ अधिकारीहरूले के गरिरहेका छन् भनेर प्रश्न गरिरहेकै अवस्था छ । चीनले कम्युनिस्ट पार्टीका नेता एवं नीतिविरुद्ध जानेहरूलाई यसरी बेपत्ता पार्दै आएको छ सो समयमा उनीहरूमाथि के गर्छ भन्ने कुरा भने बाहिरिन सकेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ