- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को स्थायी कमिटी बैठक मङ्गलवार बस्ने गरी स्थगित भएको छ । यसअघि सोमवार दिउँसो ३ बजे बैठक बस्ने तय भएको थियो ।
एमालेको दसौँ राष्ट्रिय महाधिवेशनको तयारी र महाधिवेशनमा सहभागी हुने मनोनीत प्रतिनिधि छनोटका लागि बोलाइएको बैठक मङ्गलवार बिहान ११ बजे बस्ने गरी स्थगित भएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
उक्त बैठक ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्नेछ ।
एमालेको यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनका लागि पाँच प्रतिशत मनोनीत प्रतिनिधि छनोटको टुङ्गो स्थायी कमिटी बैठकले गर्ने बताइएको छ ।
यसअघि महाधिवेशनका लागि गत कात्तिक २७ गते एक हजार एक सय ९९ प्रतिनिधि चयन भइसकेका छन् ।