arrow

प्रधानमन्त्री पत्नी डा. आरजु महाधिवेशन प्रतिनिधिमा निर्विरोध

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ६ सोमबार
arzu-deuba-rana-congress.jpg
तस्वीर–फाइल ।

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी एवं कांग्रेस नेतृ डा. आरजु देउवा पार्टीको १४ औं महाधिवेशन प्रतिनिधि बन्न सफल भएकी छिन् ।

उनी कांग्रेस डडेल्धुराको ७ औं जिल्ला अधिवेशनमा खुल्ला तर्फबाट निर्विरोध महाधिवेशन प्रतिनिधिमा चुनिएकी हुन् । डा.आरजुसँगै सरस्वती खड्का, कौशिल्ला कुमारी भट्ट र कलावती बोहरा पनि सर्वसम्मत चयन भएका छन् ।

जिल्ला कार्यसमितिमा उपसभापतिमा डिल्लीराज जोशी र लक्ष्मीप्रसाद अवस्थी पनि सर्वसम्मत चयन भएका छन् ।

सभापति शेरबहादुर देउवासहित उक्त क्षेत्रबाट सबैलाई सर्वसम्मत चयन गर्ने प्रक्रिया भएको बुझिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ