arrow

देउवा दम्पत्ति सर्वसम्मत महाधिवेशन प्रतिनिधि

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ६ सोमबार
sher-bahadur-deuba-arzu.jpg
तस्वीर–फाइल ।

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा प्रधानमन्त्री पत्नी एवं कांग्रेस नेतृ डा. आरजु देउवा पार्टीको १४ औं महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत बन्न सफल भएका छन् । 

देउवा दम्पत्ति कांग्रेस डडेल्धुराको सातौं जिल्ला अधिवेशनमा खुल्ला तर्फबाट निर्विरोध महाधिवेशन प्रतिनिधिमा चुनिएका हुन् । प्रधानमन्त्री देउवा, डा.आरजुसँगै बलबहादुर गुरुङ, सरस्वती खड्का, कौशिल्ला कुमारी भट्ट, कलावती बोहरा, हरिना कामी र सन्तोष जैरु पनि सर्वसम्मत चयन भएका छन् ।

जिल्ला कार्यसमितिमा उपसभापतिमा डिल्लीराज जोशी र लक्ष्मीप्रसाद अवस्थी पनि सर्वसम्मत चयन भएका छन्  । त्यस्तै सहसचिवमा गोविन्द बोहरा र प्रेमबहादुर महर लगायत सदस्य तथा पदाधिकारीहरु पनि सर्वसम्मत भएको बताइएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ