arrow

महेश बस्नेतले युवा सङ्घलाई  ‘प्राइभेट कम्पनी’ बनाएपछि प्रतिनिधि विवाद सतहमा

पार्टीको सङ्गठन विभागमा उजुरी दिँदै उपाध्यक्षसहितका पदाधिकारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ७ मंगलबार
mahesh-basnet2.jpg
फाइल तस्बिर

काठमाडौँ। एमालेले दशौँ महाधिवेशनमा सहभागी हुने प्रतिनिधि छनौटमा युवा सङ्घभित्र महेश बस्नेतले मनोमानी गर्दा विवाद भएको छ। पार्टीले सर्वसम्मत गर्न निर्देशन दिएको भए पनि युवा सङ्घमा बस्नेतले कमिटीको बैठक नै नराखी प्रतिनिधिको सूची तयार पार्न निर्देशन दिएपछि विवाद भएको हो। सर्वसम्मतको नाममा कुनै पनि कमिटीको बैठक नै नराखी प्रतिनिधि छनौट भएको भन्दै केन्द्रीय कार्यालयमा प्रतिनिधिको विवरण पठाएपछि असन्तुष्ट पक्षले केन्द्रीय कार्यालयमा उजुरी दिने तयारी गरेका हुन्।

पदाधिकारी र स्थायी कमिटी वा केन्द्रीय बैठक नै नराखी सङ्घ अध्यक्षले एकलौटी रूपमा मनोमानी गर्दै प्रतिनिधि छनौट गरेर प्रतिनिधि पठाइएको छ। सङ्घ अध्यक्ष किरण पौडेलले बुझाएको सूची अस्वीकार गर्न आग्रह गर्दै उपाध्यक्ष रोशन बस्नेत, उर्मिला सुनुवार, अमित लामा, रमेश तिवारी, कृष्णहरि केसी लगायतका पदाधिकारीले पार्टीको सङ्गठन विभागमा उजुरी दिने तयारी गरेका छन्।

‘कमिटीको बैठक नराखी प्रतिनिधि छनौटको विवरण बुझाइएको रहेछ म सङ्घको उपाध्यक्ष हुँ मलाई बैठक बसेको जानकारी छैन, पदाधिकारी कसैलाई पनि जानकारी छैन बैठक बसेको निर्णय गरेको मान्यूट छैन कसरी प्रतिनिधि बनाएर पार्टीलाई बुझाइयो ?’, उपाध्यक्ष रोशन बस्नेतले भने ‘केही व्यक्तिहरू बसेर प्रतिनिधि छनौट भयो भन्नुभएछ त्यो त कमिटीलाई थाह हुने विषय भएन।’

एमालेको युवा सङ्घ कुनै एक व्यक्तिको लहडमा चलेको भन्दै उनीहरूले प्रतिनिधि छनौटमा बैठक नराखेपछि ‘प्राइभेट कम्पनी’ बनाउन खोजेको आरोप लगाएका छन्। ‘ युवा सङ्घ कुनै एक व्यक्तिको प्राइभेट कम्पनी होइन’, उपाध्यक्ष बस्नेतले भने। युवा सङ्घलाई परिचालन गर्दै आएका महेश बस्नेतले आफू सचिव पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्। तर युवा सङ्घले नै छनौट गरेको प्रतिनिधिमा विवाद आएपछि उनलाई समेत अप्ठेरो परेको छ।‘हामी कसको निर्देशनमा के के भयो भनेर आरोप लगाउन चाहँदैनौ तर पार्टीको विधान अनुसार प्रतिनिधि छनौट हुनुपर्छ कमिटीको बैठक बस्नुपर्छ हामी नै जानुपर्छ भन्ने छैन बैठकले निर्णय गरेर पठाउनुपर्छ’, उपाध्यक्ष बस्नेतले भने।

विगतदेखि नै ओली समूहको पकड रहेको युवा सङ्घभित्र बस्नेत लगायतका युवा नेताहरू अहिले छनौट भएका प्रतिनिधि भन्दा सिनियर हुन्। बैठक राख्दा सिननियर निताहरूलाई पठाउनु पर्ने भएकाले पनि सङ्घ अध्यक्ष पौडेलले खुसुक्क प्रतिनिधि छनौट गरेको जानकारी पार्टी दिएको स्रोतको दाबी छ। नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने घोषणा गरिसकेपछि उनले गरेको मनोमानीमा युवा सङ्घकै कार्यकर्ताले भण्डाफोर गर्ने भएका छन्।

महेश बस्नेतले भक्तपुर मध्यपुरथिमिको सम्पर्क कार्यालयमा सोमवार आफ्नो धारणा सार्वजनिक गर्दै उनले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका थिए। पूर्व मन्त्रीसमेत रहेका बस्नेत एमाले अध्यक्ष केपी शर्मा ओलीको विश्वासपात्र मानिन्छन्। एमाले विभाजनका बेला बस्नेत ओलीका पक्षमा देशव्यापीमा अभियानमा हिँडेका थिए।

अध्यक्ष केपी शर्मा ओली र एमालेको रक्षा कवचको रूपमा मुलुकको युवा शक्तिलाई परिचालन गर्न आफूले सचिव पदमा उम्मेदवारी दिन लागेको उनले बताए पनि सङ्घभित्रको विवादले उनी अप्ठेरोमा परेका छन् अहिले एमाले अध्यक्षमा नेता भीम रावलले उम्मेदवारी घोषणा गरिसकेका छन्। एमालेको महाधिवेशन मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदै छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ