arrow

एप्पल र अमेजनमाथि २९ अर्ब जरिबाना

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ७ मंगलबार
Amazon-vs-Apple.jpg

काठमाडौँ । इटालीको एन्टिट्रस्ट अथोरिटीले एप्पल र अमेजन कम्पनीमाथि २५ करोड अमेरिकी डलर (झन्डै २९ अर्ब नेपाली रुपैयाँ) जरिबाना तोकेको छ ।

एप्पल र बीट्सका सामानहरूको बिक्रीमा प्रतिस्पर्धी विरोधी सहकार्य गरेको भन्दै यो जरिबाना तोकिएको हो ।

सन् २०१८ मा एप्पल र अमेजनबिच भएको सम्झौतामा अमेजनको इटाली वेबसाइटमा निश्चित बिक्रेतालाई मात्रै एप्पल र बिट्सका उत्पादन बेच्न अनुमति दिएको एन्टिट्रस्ट अथोरिटीले जनाएको छ । 

सोही अनुसार अथोरिटीले अमेजनमाथि ६ करोड ८७ लाख डलर र एप्पलमाथि १३ करोड ४५ लाख जरिबाना तोकेको हो भने, सामान बिक्रीमाथिको नियन्त्रण तोड्न समेत निर्देशन दिएको छ ।

एप्पलले भने कुनै गल्ती नगरेको भन्दै याे जरिबाना विरुद्ध अपिल गर्ने बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ