arrow

थप ३५१ मा कोरोना संक्रमण पुष्टि, नौ जनाको मृत्यु 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ७ मंगलबार
corona-covid-dalta-plus.jpg

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ३५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस अवधिमा दश हजार १७४ को पिसिआर परीक्षण गरिएको थियो । 

योसँगै नेपालमा पिसिआर विधिबाट कोरोना परीक्षण गरिँदा संक्रमितको सङ्ख्या आठ लाख १९ हजार ६९९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या ९५ हजार ३७० पुगेको छ । 

पछिल्लो समय थप २७३ जना कोरोनाबाट निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या आठ लाख ८९० पुगेको छ । निको हुने दर ९७ दशमलव ७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप नौ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५०९ पुगेको छ । कोरोनाबाट हुने मृत्यु दर १.४ प्रतिशत रहेको छ । 

त्यसैगरी पछिल्लो समय ९८ हजार ५११ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको सङ्ख्या सात हजार ३०० रहेको छ । हाल होम आइसोलेसनमा छ हजार ८६९, संस्थागत आइसोलेसनमा ४३१, आइसियुमा २२३ र भेन्टिलेटरमा ५१ जनाको उपचार हुँदैछ । 



नयाँ