arrow

म अध्यक्ष भएमा पार्टीमा सबैलाई समान व्यवहार गर्छु : ओली

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ७ मंगलबार
kp-oli-balkot-meet.jpg

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू अध्यक्ष भएमा पार्टीमा सबैलाई समान व्यवहार गर्ने बताएका छन् । पार्टीको दशौँ राष्ट्रिय  महाधिवेशनका सन्दर्भमा सम्पादकसँग आयोजित छलफल कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् । 

अध्यक्ष ओलीले भने, “एमाले लोकतान्त्रिक पार्टी हो । यसमा कुनै प्रकारको जोरजुलुम छैन । म उठ्ने-नउठ्ने टुङ्गो गरेको छैन । त्यसैले मलाई अध्यक्षमा छोड्न वा चुनौती दिन पाइन्छ । अरूलाई नउठ्न दबाब दिन्न । म अध्यक्ष भएमा पार्टीमा सबैलाई समान व्यवहार गर्छु ।” 

उनले उपाध्यक्ष डा भीम रावलले अध्यक्षमा उठ्छु भनेर आफूलाई चुनौती नदिएको बरु आफूप्रति आधार, सम्मान, स्नेह दिएको उल्लेख गर्दै रावलको  स्नेहपूर्ण सुझावबाट आफू प्रभावित भएको बताए ।

अध्यक्ष ओलीले महाधिवेशनले लोकतान्त्रिक अभ्यासबाट सहमति वा निर्वाचनबाट छानिने नेतृत्वलाई आफूले सहज रूपमा स्विकार्ने बताए । अध्यक्ष ओलीले दशौँ महाधिवेशनले एमाले फुट्यो, कमजोर भयो भन्ने भ्रमलाई चिर्ने र पार्टीलाई शुद्धीकरण गर्दै एउटै लयमा अगाडि बढाएर मुलुकको समृद्धिका लागि पुनः नेतृत्व गर्न सक्ने शक्ति आर्जन गराउने बताए । उनले एमाले एकजुट, सुदृढ र व्यापक छ भन्ने सन्देश महाधिवेशनले दिने जानकारी दिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ