arrow

भारतले बाटो नदिएपछि ३ दिन हिँडेर छाङ्गरू पुगे कार्की, सुरु भयो जनगणना

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ७ मंगलबार
tinker.JPG

दार्चुला । भारतीय मार्गबाट छाङ्गरू जान नदिइएपछि नेपालको बाटो हुँदै जनगणनाका लागि सहायक जिल्ला जनगणना अधिकारी खगेन्द्र कार्की छाङ्गरू पुगेका छन् । 

३ दिनको पैदल यात्रा पुरा गरि सहायक जनगणना अधिकारी खगेन्द्र कार्की र कार्यालय सहयोगी लोकेन्द्र टेर सोमवार व्याँस गाउँपालिका-१ छाङ्गरू पुगेका हुन् । उनीहरू शुक्रवार बिहान दार्चुला सदरमुकामबाट हिँडेका थिए ।

जिल्ला जनगणना कार्यालय दार्चुलाका प्रमुख पदम राज पाण्डेका अनुसार सोमवार देखि नै जनगणनाको कार्य थालिएको छ । ‘उहाँहरू हिजो पुग्नुभयो । छाङ्गरूको जनगणना गरिरहनुभएको छ । तिंकरमा पनि मानिस रहेछन् भने त्यहाँ पनि जानुहुन्छ,’ पाण्डेले भने । 

छाङ्गरूका स्थानीय विनोदसिंह बुढाथोकीले तिंकरका बासिन्दा बेसी झरिसकेको बताए । हिउँदको समयमा अत्यधिक चिसो हुने हुँदा ब्याँसीहरू ६ महिना बेसी (सदरमुकाम) बस्ने गर्दछन् । बुढाथोकीले भने ‘तिंकरीहरु चिसो छल्न यहाँबाट तल हिँडिसके, लगभग सबै घरमा ताल्चा लागिसकेको छ ।’ 

व्याँस गाउँपालिका वडा नम्बर १ छाङ्गरू र तिंकरका बासिन्दा भारतीय बाटो हुँदै दार्चुला सदरमुकाम खलङ्गा आउजाउ गर्छन् । राष्ट्रिय जनगणना २०७८ अन्तर्गत छाङ्गरू र तिंकरमा जनगणना गर्न भारतीय बाटो हुँदै गणकहरूको लागि अनुमति मागे पनि भारतले त्यहाँ जान अनुमति दिएको थिएन । 

भारतले गणकलाई बाटो नदिँदा सहायक जनगणना अधिकारी कार्की र कार्यालय सहयोगी लोकेन्द्र टेर नेपालको जोखिमपूर्ण बाटो हुँदै छाङ्गरू पुगेका हुन् । छाङ्गरू र तिंकरमा दुई दिनमा जनगणना गर्न सकिने जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ