arrow

सीमामा बस्ने नेपाली अब्बल राष्ट्रवादी : गृहमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ७ मंगलबार
balkrishna-dajus.JPG

रुपन्देही । गृहमन्त्री बालकृष्ण खाँणले नेपालको सीमा क्षेत्रमा बसोबास गर्ने सबै नेपाली अब्बल राष्ट्रवादी भएको बताएका छन् । नेपालको राष्ट्रियता, सान र पहिचान सीमा क्षेत्रका नेपाली जनताबाटै कायम रहेको मन्त्री खाँणले बताए । 

रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नं ५ मर्चवारीमा रहेको मर्चवारी माइ मन्दिरमा पूजाआजा पछि नेपाली काँग्रेसका नेता-कार्यकर्तासँगको भेटघाटमा सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकले नेपाल मिचिनबाट जोगाएको बताए । 

सीमामा बसोबास गर्ने नेपालीले सीमा क्षेत्रमा रहेको खेत, खलिहान, आली, बगैचालगायतका स्थललाई मेरो हो भन्दै जोगाएकोले आज पूरा देश जेगिन पुगेको गृहमन्त्री खाँणको भनाइ थियो । 

हिउँदे बाली लगाउने बेलामा देखिएको रासायनिक मलसम्बन्धी समस्या छिटो समाधान गर्ने बताउनु भएको छ । रुपन्देहीको मर्चावरमा भएको कार्यकर्ता भेटघाटमा गृहमन्त्री खाँणले रासायनिक मत छिटोभन्दा छिटो उपलब्ध गराउने बताउनु भएको हो । 

गृहमन्त्री खाँणले सरकारले कृषि र शिक्षालाई बढवा दिने गरी काम गरिरहेको बताए । ‘हामीले रासायनिक मल आयातमा देखिएको समस्या समाधानको प्रयास गरिरहेका छौँ,’ उहाँले भन्नुभयो, ‘केही समयमा मल उपलब्ध हुन्छ । त्यस्तै कोटहीमाईमा प्राविधिक शिक्षालय निर्माण गर्ने, सडक, खानेपानी र बिजुलीलगायतका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ