- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । कोरोना महामारीपछि नेपाल र भारतबीच कोभिड-१९ खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि समझदारी भएको छ । दुवै देशका नागरिकहरुलाई आवतजावतमा कुनै कठीनाई नहोस् भनेर यस्तो सम्झौता भएको हो ।
भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच मंगलबार स्वास्थ्य मन्त्रालयमा यस्तो समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
स्वास्थ्यमन्त्री विरोध खतिवडाको उपस्थितिमा स्वास्थ्य सचिव डा.रोशन पोखरेल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
सहमतिअनुसार नेपालमा खोप लगाएको व्यक्तिको खोपको प्रमाणपत्रलाई भारतले र भारतमा खोप लगाएका व्यक्तिको खोपको प्रमाणपत्रलाई नेपालले मान्यता दिनेछ ।
दुईमध्ये कुनै एक देशमा खोप लगाएको व्यक्तिले निर्धक्कसँग अर्को देशमा आवतजावत गर्न पाईने भएको छ । समझदारीमा हस्ताक्षर गरेपछि सचिव डा.पोखरेलले अब दुबै देशका खोप लगाएका नागरिकलाई आवतजावतमा सहज हुने बताए ।
भारतीय दूताबासका प्रेस, सूचना तथा संस्कृति विभागका प्रथम सचिव नविन कुमारले भारतले पहिलोपल्ट यस्तो समझदारी नेपालसँग गरेको जानकारी दिंदै विस्तारै अन्य देशहरूसँग पनि भारतले यस्तो सम्झौता गर्दै जाने बताए ।