मेगा बैंकका प्रदेश प्रमुख ज्ञानेन्द्र पन्त सम्मानित
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ७ मंगलबार
1k
Shares
पोखरा । मेगा बैंक लिमिटेडका प्रदेश प्रमुख ज्ञानेन्द्र पन्त सम्मानित भएका छन्। पन्तलाई नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजस्व विभाग आन्तरिक राजस्व कार्यालय बागलुङले सम्मान गरेको हो। फलेवास नगरपालिका वडा नं. ७ पर्वत निवासी पन्त दशौं राष्ट्रिय कर दिवसको अवसरमा सम्मानित भएका हुन्।
पर्वत जिल्लामा दर्ता भएका करदातामध्ये सबैभन्दा धेरै आयकर दाखिला गरेकोमा पन्तलाई सम्मान गरिएको राजस्व कार्यालयले जनाएको छ।