arrow

कांग्रेसमा बेथिति

कांग्रेसको चुनावमा गोली चल्यो, प्रहरीसहित नौ घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ७ मंगलबार
congress-flag.jpg
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्यूठानमा भइरहेको क्षेत्रीय प्रतिनिधि छनोटको मतगणनाका क्रममा दुई पक्षबीच झडप भएको छ । झडपमा एक प्रहरीसहित नौ जना घाइते भएका छन् । 

प्यूठान नगरपालिकास्थित क्याम्पसमा मतगणना भइरहँदा हार नजिक पुगेपछि एकाएक आपसमा झडप भएको हो । नेपाली कांग्रेसका नेता गगन थापाका निकटस्थ मानिने विष्णुकुमार गिरीले सभापतिमा जित्ने पक्का भएपछि आक्रोशित भएको संस्थापन पक्षीय नेता कार्यकर्ताहरुले भिडन्तमा उत्रिएका हुन् । 

उक्त क्रममा प्रहरीले गोली नै चलाउनु परेको बताइएको छ । नेपाल प्रेस युनियन प्यूठानका अध्यक्ष श्रीराम भण्डारीका अनुसार प्रहरीसहित नौ जना घाइते भएका छन् । 

दुई जना घाइतेलाई थप उपचारका लागि बुटबल ल्याइएको छ । मङ्गलबार राति मतगणनाको क्रममा इतर पक्षका गिरीले अग्रता लिएपछि संस्थापन पक्षधरका युवाले क्याम्पस हातमा ढुङ्गा प्रहार गरेका थिए ।

स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ