arrow

प्यूठान कांग्रेस सभापतिमा गिरी विजयी, जितपछि यसो भन्छन् गिरी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ८ बुधबार
bishnu-giri-pyauthan-congre.jpg

काठमाडौं । विष्णुकुमार गिरी नेपाली कांग्रेस प्यूठान जिल्ला सभापतिमा निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनको मतगणनामा उनी निर्वाचित भएका हुन् । 

कांग्रेस नेता गगनकुमार थापाका निकटस्थ मानिने गिरीले सभापति जित्ने पक्का भएपछि संस्थापन पक्षका कार्यकर्ताहरुले प्यूठान नगरपालिकास्थित क्याम्पसमा मतगणनाकै क्रममा ढुङ्गामुढा गरेका थिए । 

उक्त घटना नियन्त्रणमा लिने क्रममा मंगलबार बेलुकी प्रहरीले गोली नै चलाउनु परेको थियो । उक्त घटनामा एक प्रहरीसहित नौ जना घाइते छन् । 

तीन जनालाई थप उपचारका लागि बुटबल ल्याइएको छ । 

उक्त घटना र आफ्नो जितपछि सभापति गिरीले हाम्राकुरासँग कुराकानी गर्दै भने, ‘लोकतान्त्रिक विधिलाई स्वीकार गरेर जानुपर्छ भन्ने सबैमा संस्कार बस्नुपर्छ । परिणाम सबैले स्वीकार गर्नुपर्छ ।’

घटनाबारे उनले भने, ‘यो घटनाले लोकतान्त्रिक परिपाटीबाट केही कार्यकर्ता भाग्न खोजेको संकेत गर्छ । यसो नगर्न आग्रह गर्दछु । घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’

अबको योजनाबारे उनले भने, ‘भड्किएका साथीहरुलाई लोकतान्त्रिक पद्धतिमा ल्याउन पहिलो प्राथमिकता दिनेछु । अब सबैलाई मिलाएर लैजाने प्रयत्न गर्छु ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ