- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रुपन्देही । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट रुपन्देही क्षेत्र नं २ को क्षेत्रीय सभापतिमा हरि लम्साल विजयी भएका छन् । मङ्गलबार राति सम्पन्न क्षेत्रीय अधिवेशनबाट अर्का प्रतिस्पर्धी काजीमान श्रेष्ठलाई १६० मत अन्तरले हराउँदै लम्साल विजयी भएका हुन्।
दोस्रो कार्यकाल पुनः सभापति बनेका लम्सालले ४०२ मत प्राप्त गरेका थिउ भने श्रेष्ठले २४२ मत प्राप्त गर्नुभएको प्रमुख मतदान अधिकृत टीकाराम शर्माले जानकारी दिए ।
त्यसैगरी, सचिव पदमा प्रजापाल गिरी र विमलराज भट्टराई निर्वाचित भएका छन् भने सहसचिव पदमा मिलन थापा र राजबहादुर क्षेत्री निर्वाचित भएका छन् । यसअघि मतगणनाका क्रममा महाधिवेशन प्रतिनिधिका उम्मेदवार दीर्घबहादुर केसीमाथि आक्रमण भएपछि केही बेर मतगणना रोकिएको थियो ।