- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेकपा एमालेको १० औं महाधिवेशनमा प्रतिनिधि संख्या बढेको छ । एमालेले १ हजार ९९९ महाधिवेशन प्रतिनिधि हुने बताउँदै आएकामा त्यो संख्या बढेर २ हजार २९७ पुग्नेछ । एमाले सचिव योगेश भट्टराईका अनुसार निर्वाचित प्रतिनिधि भने १ हजार ८८९ जना रहेका छन् ।
त्यस्तै केन्द्रीय कमिटी र केन्द्रीय निकायबाट हुने पदेन प्रतिनिधिको संख्या २३८ छ । उनीहरु स्वतः आउने छन् । त्यस्तै महोत्तरी, रौतहट, प्रदेश नम्बर २, मजदूर प्रतिनिधि र भूतपूर्व सैनिक गरी ६७ जना थपिने छन् ।
त्यस्तै स्थायी कमिटी बैठकले कूल सदस्यको ५ प्रतिशत मनोनित गर्नेछ । त्यो संख्या १०३ हुनेछ । अहिलेसम्म मनोनितको नाम सार्वजनिक भएको छैन ।
महाधिवेशन मंसिर १० देखि १२ सम्म चितवनमा हुँदैछ । उद्घाटन स्थल नारायणी तट सजाउने काम अन्तिम चरणमा पुगेको बताइएको छ । बन्दसत्र भने सौराहामा हुनेछ ।